Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २२ सोमबार १२:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली–प्रचण्ड वार्ता विनानिष्कर्ष सकियाे, वान टु वान वार्ता निरन्तर गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २२ सोमबार १२:५४:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवाद समाधानका लागि छलफलमा जुटेका पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल भर्खर सकिएको छ । 

दुई अध्यक्षबीच वान टु वान भएको छलफलमा मंगलबार पनि वान टु वान नै छलफल गर्ने समझदारी भएको स्रोतले जनाएको छ । 

अबका छलफलहरूमा कुनै पनि दोस्रो तहका नेताहरू साथमा नराखी अध्यक्षद्वय ओली र दाहाल मात्र छलफलमा बस्ने दुई नेताबीच समझदारी भएको स्रोतले जानकारी दिएको छ । 

बरु आवश्यकता परेको खण्डमा सचिवालयबाट वरिष्ठ नेताहरू नै छलफलमा राख्ने पनि दुई अध्यक्षबीच समझदारी भएको स्रोतको भनाइ छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गरी कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित थियो । 

नेकपामा सरकारको नेतृत्व गरिरहेका अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिको बैठकमा उठेपछि विवाद चुलिन पुगेको हो । 

खासगरी नेकपाका अर्काे अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू प्रधानमन्त्रीबाट ओलीलाई राजीनामा दिन लगाउने अभियानमा रहेका छन् । 

त्यसैगरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली पनि आफ्नो पक्षको बलियो पकड कायम राख्नका लागि सक्रिय देखिएका छन् । दुवै पक्ष आ–आफ्नो हितका लागि अग्रसर भएपछि नेकपाभित्र राजनीतिक संकट उत्पन्न हुन पुगेको छ ।

सोमबार बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक यसअघि नै यही असार २४ गतेसम्मका लागि स्थगित गरिसकिएको छ ।