मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २१ आइतबार २०:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवादबारे कांग्रेसले भन्यो- कसैलाई पनि हरियो झण्डा देखाएको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २१ आइतबार २०:४१:००

नेपाली कांग्रेसले सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष रहेको बताएको छ । 

आइतबारको कांग्रेस केन्द्रीय कार्यसमिति  बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भनेका छन्- नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष छ  । कसैलाई कुनै भ्रम नरहोस्- कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन  । मूलतः पार्टी महाधिवेशनकेन्द्रित केन्द्रीय समितिको बैठक भोलि २२ असार अपराह्न २ः०० बजे पुन बस्नेछ  । जय नेपाल  ।

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्तामा सत्ता–सहकार्यबारे छलफल भएको चर्चा भइरहेका वेला कांग्रेस प्रवक्ताको यस्तो भनाइ आएको हो । 

बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकमा बैठकमा कोरोनाको संक्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

कांग्रेसले गत माघ १३ गते १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्नेसहितको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच केही दिनअघि भएको भनिएको भेटका बारेमा केही नेताहरुले जिज्ञासा राखेका थिए । देउवाले अन्य पार्टीमा देखिएको आन्तरिक द्वन्द्वका सम्बन्धमा कांग्रेस निरपेक्ष रहने बताएका थिए । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य डा रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, अर्जुनप्रसाद जोशी, दीपक गिरी, नवीन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, श्यामकुमार घिमिरे र वीरबहादुर बलायरले आफ्नो धारणा राखेका थिए ।