Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ असार २१ आइतबार १८:४२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ सरकारले दियो प्रहरीलाई एक सय ८० वटा मोटरसाइकल 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ असार २१ आइतबार १८:४२:००

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीलाई एक सय ८० वटा मोटरसाइकल र स्कुटर प्रदान गरेको छ ।  शान्ति सुव्यवस्था कायम राख्न प्रहरीलाई सहज होस् भनेर मन्त्रालयले प्रदेश प्रहरी कार्यालयलाई एक सय ७० थान मोटरसाइकल र  १० थान स्कुटर प्रदान गरेको हो । 

प्रदेश प्रहरी कार्यालयमातहतका प्रहरी कार्यालयलाई उपलब्ध गराउने गरी टिभिएस कम्पनीको एक सय ६० सिसीको अपाचे मोटरसाइकल ९० थान, बजाज कम्पनीको एक सय ५० सिसीको पल्सर मोटरसाइकल ८० थान र यामाहा कम्पनीको एक सय २५ सिसीको यामाहा स्कुटर १० थान प्रदान गरेको हो । 

यसैगरी ट्राफिक व्यवस्थापनमा सहजताका लागि मन्त्रालयले प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीलाई समेत १० थान मोटरसाइकल हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले हरेक वर्ष प्रहरीलाई सवारीसाधन प्रदान गर्दै आएको छ ।