मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २१ आइतबार १८:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा ११ को परीक्षा अब सधैँ विद्यालयबाटै हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २१ आइतबार १८:२५:००

कक्षा ११ को परीक्षा अब सधैँभरिका लागि विद्यालयबाटै हुने भएको छ । शिक्षामन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन हुने निर्णय गरेको हो । 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले कक्षा ११ को परीक्षा सधैँका लागि विद्यालयले लिने निर्णय गरेको बताए । परिषद्ले निर्णय गरी आन्तरिक मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि निर्माणको काम सुरु गरिसकेको छ । 

कोभिड– १९ का कारण उत्पन्न भएको परिस्थितिका कारण यसअघि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)को विद्यालयले आन्तरिक मूल्यांकन गर्ने र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणीकरण भएर राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गर्ने निर्णय गरिसकेको छ । कक्षा १२ को परीक्षा भने अनुकूल समयमा लिने शिक्षा मन्त्रालयका अधिकारीले जनाएका छन् ।