मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २१ आइतबार १६:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

ढलमा कोरोना भाइरस देखिँदैमा आत्तिनुपर्दैन : स्वास्थ्य मन्त्रालय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २१ आइतबार १६:५४:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा कोरोना भाइरस देखिएको भन्दैमा आत्तिनु नपर्ने बताएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारकाे मिडिया ब्रिफिङमा ढलमा काेराेना भाइरस देखिएकाे भन्ने केही सञ्चारमाध्यममा आएकाे समाचारमा मन्त्रालयकाे ध्यानाकर्षण भएकाे उल्लेख गर्दै नआत्तिन आग्रह गरेका हुन् । 

उनले विश्वमा अन्यत्र भएका अध्ययनअनुसार संक्रमित रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड– १९ भाइरसका टुक्राटाक्री भेटिने र त्यो सामान्यतया रोग सार्ने खालको नहुने बताए । 

कोरोना भाइरस सामान्य तापक्रमको पानी, अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको उल्लेख गर्दै उनले यसको माध्यमबाट मानिसमा कोभिड– १९ सर्ने सम्भावना अध्ययनहरूले पुष्टि नगरेकाे स्पष्ट पारे । 

तैपनि अन्य रोगका कीटाणु हुन सक्ने भएकाले ढलकाे पानीको उचित प्रशाेधन हुन भने जरुरी हुने उनको भनाइ थियो । 

‘ढलको पानीमा कोभिड– १९ को अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न मिल्दैन,’ उनले भने, ‘ढल प्रणालीबाट कोभिड– १९ संक्रमण भएको प्रमाण फेला परेको छैन ।’

हाल ढलमा के–कस्ता भाइरस भेटिएका हुन् त्यसको थप अध्ययन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने उनले बताए । 

तर, अन्य संक्रमणको सम्भावनालाई पनि मध्यनजर गरी प्रशाेधन भने जरुरी रहेको उनले प्रष्ट्याए । 

ढलको पानीमा काम गर्ने सरसफाइ कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री लामो गाउन, बुट,  जुत्ता, बाक्लो पन्चा, चस्मा भने लगाउनुपर्ने उनले बताए ।