मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २१ आइतबार १६:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना मिटर : आज थप दुई सय ९३ जनामा संक्रमण पुष्टि, कुल स‌ंक्रमितकाे संख्या १५ हजार सात सय ८४ पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २१ आइतबार १६:१९:००

पछिल्लो २४ घन्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप  दुई सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थप भएकासमेत नेपालमा हालसम्म संक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार देशभरका २५ प्रयोगशालामा चार हजार ७ सय १० जनाको पिसिआर विधिबाट नमुना परीक्षण भएको थियाे । 

विगत २४ घन्टामा संक्रमण मुक्त भएर एक सय ३२ जना डिस्चार्ज भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेकाे मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार पाँच सय ४७ पुगेको जानकारी दिए । 

उनका अनुसार निकाे हुने प्रतिशत ४१ दशमलव ५ छ । 

त्यसैगरी हाल क्वारेन्टाइन ३१ हजार पाँच सय ७३ जना र संक्रमित भई आइसोलेसनमा बस्नेकाे संख्या नाै हजार दुई सय तीन रहेकाे गाैतमले बताए ।