मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७७ असार २१ आइतबार १५:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–भारत सीमामा पर्खाल लगाउन माग राख्दै कञ्चनपुरमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७७ असार २१ आइतबार १५:२७:००

सीमा अतिक्रमण रोक्नका लागि सरकारले सीमा क्षेत्रमा पर्खाल निर्माण गर्नुपर्ने माग अघि सारेर कञ्चनपुरका युवाहरुले बिरोध प्रर्दशन गरेका छन् ।

आइतबार युवाहरुले महेन्द्रनगरमा मातृभूमी रक्षाको माग राख्दै प्रर्दशन गरेका हुन् । सरकारले सीमा अतिक्रमण रोक्न नसकेको भन्दै युवाहरुले सरकारबिरुद्ध बिरोध प्रर्दशन गरेका हुन् । देशभरी सीमा अतिक्रमण हुँदा पनि सरकारले चासो नदिएको आरोप लगाएका छन् । त्यसैगरी क्वारेन्टाईन सुधारको माग पनि उनीहरुलेअघि सारेका छन् ।

यसैबीच कोराेना रोकथामको लागि राख्दै धिरज जोशी नेतृत्वको युवाहरुले खालीखुट्टा बिरोध प्रर्दशन गरेका छन् । क्वारेन्टाईन व्यवस्थापनकाे माग राख्कादै जोशी नेतृत्वको युवाले भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट र सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायलाई ज्ञापन पत्र पनि बुझाए ।