१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार २१ आइतबार १५:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

रसुवामा नाैजना कोरोना निको भई घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार १५:१५:००

रसुवाको नौकुण्ड गाउँपालिकाका  नाैजना कोरोना निको भई घर फर्किएका छन् । यही १३ असारमा कोरोना पोजेटिभ देखिएका उनीहरू आइतबार कोरोना जितेर घर फर्किएका हुन् । 

कोरोना पोजेटिभ देखिएका उनीहरूलाई पछिल्लोपटक पुनः पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै आइतबार घर पठाइएको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पुसाङ्बो घलेले बताए । 

२३ दिनदेखि भारत र कुवेतबाट आएर क्वारेन्टाइनमा बसिरहेका उनीहरूमा कोरोना निको भएको उनले जानकारी दिए । 

२३ दिनदेखि पारच्याङस्थित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकामध्ये आठजना महिला र एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।  

सातजना कुवेत र दुईजना भारतबाट आएका थिए । उनीहरूमा कोरोनाको कुनै पनि लक्षण भने देखिएको थिएन । भारत र कुवेतबाट आएका उनीहरूलाई सीधै क्वारेन्टाइनमा राखिएको थियो ।  

कोरोना संक्रमित पुष्टि भएसँगै संक्रमित र उनीहरूको सम्पर्कमा आएका २१ जना महिला र ३८ जना पुरुष गरी ५९ जनाको आरटी पिसिआर गरिएको थियो ।

पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएकोसमेत गाउँपालिकाका अध्यक्ष घलेले बताए । 

जिल्लामा हालसम्म एक सय आठजनाको आरटी पिसिआर गरिएकोमा १० जनामा  कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठका अनुसार १७ जनाको दोहोऱ्याएर परीक्षण गरिएको छ । जिल्लामा अब एकजना मात्र कोरोना संक्रमित रहेका छन् ।