मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २१ आइतबार १२:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका बलात्कार आरोपमा एक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार १२:४९:००

महोत्तरीमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । जलेश्वर नगरपालिकाकै एक वडामा छिमेकीले आफ्नै घरमा शौच गर्न आएकी बालिकालाई बलात्कार गरेका हुन् ।

बालिकाको परिवारले दिएको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ । हाल बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

गत १० असारको राति ११ बजे बालिकालाई शौच लाग्दा आफ्नै घरमा शौचालय नभएकोले छिमेकी आरोपीको घरमा रहेको शौचालय गएकी थिइन् । 

छिमेकीले बालिका घर आएको देखेर एकान्तको फाइदा उठाउँदै बालिकालाई बलात्कार गरेको पीडित बालिकाले बताइन् । 

घटनाबारे कसैलाई भने मारिदिने धम्की दिएकाले घटनाबारे केही दिन कसैलाई बताउन नसकेको उनले बताइन् । 

आरोपीले नै स्थानीय केही व्यक्तिहरूसँग घटनाबारे चर्चा गरेपछि घटना बाहिरिएको हो । 

बालिकाको परिवारसम्म कुरा पुगेपछि अभिभावकले बालिकालाई सोध्दा उनले सबै बेलिविस्तार लगाएकी थिइन् । 

घटनाबारे ढिला गरी जानकारी पाएपछि बालिकाको परिवारले प्रहरीलाई खबर गर्दै आरोपीलाई पक्राउ गरी कारबाही गर्न जाहेरी दिए । 

जाहेरी लिँदै प्रहरीले आरोपीलाई समेत नियन्त्रणमा लिई बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।