मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २१ आइतबार १२:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारी र नेकपाका शीर्ष नेताबीच छलफल सकियो, बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २१ आइतबार १२:३५:००

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि शीतलनिवास पुगेका नेकपाका तीन नेताहरू भेट सकेर फर्किएका छन् । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा शीर्ष नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेका थिए । 

राष्ट्रपतिसँगको भेटमा नेताहरूले आफूहरू राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन सक्रिय भनेर चलाइएकाे हल्ला अफवाह मात्र  भएकाे बताएकाे स्राेतले जनाएको छ । 

नेकपाका केही नेताहरू राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग लगाउन सक्रिय भएको खबर सार्वजनिक भएपछि आफूहरू त्यस अभियानमा नरहेको स्पष्ट पार्न नेताहरू शीतलनिवास पुगेका थिए । 

राष्ट्रपति भण्डारीसँगको भेटपछि अध्यक्ष दाहाल भने शीतलनिवासबाट सीधै बालुवाटार पुगेका छन् । बालुवाटरमा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दाहालबीच छलफल सुरु भएको छ । 

स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीकाे राजीनामा माग भएपछि पार्टीमा विवाद बढेकाे छ । 

उनीहरूबीच नेकपाभित्र देखापरेको समस्या समाधान गरी स्थायी समिति बैठक अघि बढाउने विषयमा छलफल भएकाे हाे । 

विवाद समाधानका लागि गृहकार्य गर्न भनेर नेकपाको स्थायी कमिटी बैठक दुई दिन स्थगित भएर सोमबारबाट फेरि सुरु हुने कार्यतालिका रहेको छ ।