मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७७ असार २१ आइतबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ असार २१ आइतबार १२:१०:००

सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । घटनामा अन्य चारजना घाइते भएका छन् । 

शनिबार राति बरहथवा नगरपालिका– ११ स्थित दियरमा हिरापुरबाट हरकठवा जाँदै गरेको ना.५२प ५६४१ नम्बरको मोटरसाइकलले सडकछेउमा बसिरहेका जाँचजनालाई ठक्कर दिएको थियो । 

मोटरसाइकलको ठक्करबाट सडकछेउमा बसिरहेका सोही स्थान बस्ने १४ वर्षका जुगल मुखियाको घटनास्थलमै मृत्यु भएको हो भने उनीसँगै रहेका अन्य चारजना घाइते भएका हुन् । 

दुर्घटनामा परेर घाइते हुनेहरूमा बरहथवा नगरपालिका– ११ बस्ने ३५ वर्षका सुरेन्द्र महतो, सोही स्थानका ३५ वर्षका शम्भु मुखिया, सोही स्थानका २२ वर्षका श्रवण मुखिया र सोही ठेगाना भएका ३२ वर्षका देवेन्द्र पासवान रहेकाे जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

घाइतेमध्ये सुरेन्द्र र श्रवणलाई वीरगन्जस्थित न्युरो अस्पताल रिफर गरिएको छ भने शम्भु उपचारपश्चात् घर फर्किएका छन् । 

अर्का घाइते देवेन्द्रको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मृतक बालको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलचालक भने दुर्घटनालगत्तै फरार भएका छन् ।

उनको पहिचान भइसकेको र चालकको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।