मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ असार २१ आइतबार ११:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेकपाका तीन शीर्ष नेता शीतलनिवासमा

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार ११:३१:००

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न गर्न शीतलनिवास पुगेका छन् ।

केहीबेर अघिदेखि राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका नेताबीच वार्ता भइरहेको शीतलनिवास स्रोतले जनाएकाे छ ।

पार्टीकै केही नेताहरूले राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी गरिरहेकाे हल्ला चलाइएपछि त्यसबारे स्पष्ट पार्न उनीहरू शीतलनिवास गएकाे स्राेतले बतायाे ।

स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि नेकपामा बढेको विवाद सतहमा आएको छ ।

नेकपाभित्र विवाद बढेपछि प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । सोही क्रममा उनले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भएको बताएका थिए । 

पार्टीभित्रकाे विवाद समाधानका लागि प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बिहान साढे १० बजे बालुवाटारमा छलफल हुने कार्यक्रम केही ढिलाे हुने भएकाे छ ।

विवाद समाधानका लागि गृहकार्य गर्न भनेर जारी स्थायी समिति बैठक दुई दिन स्थगित गरिएकाे थियाे ।

शीतलनिवासको भेटघाट सकिएपछि मात्र बालुवाटारमा दुई अध्यक्षबीच छलफल हुने भएको हाे ।