मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २१ आइतबार ०६:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल रेडक्रस र कोकाकोला नेपालबीच कोभिड-१९ विरुद्ध साझेदारी

Read Time : > 1 मिनेट
२०७७ असार २१ आइतबार ०६:००:००

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला नेपालले कोभिड-१९ को महामारीमा संकटमा रहेका बिरामीहरूको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिवृद्धिका लागि साझेदारी गरेको छ ।

देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मी तथा अग्रपंक्तिका स्वयंसेवकका लागि सुरक्षा सामग्री उपलब्ध गराउने लक्ष्यसहित परियोजनामा साझेदारी हुने भएको हो । 

यसमा कोभिड–१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निसियनहरू, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निसियन, क्वारेन्टाइन केन्द्रका मानिसहरू तथा समुदायका सदस्यहरूसहित करिब ६० हजारलाई सेवा पु-याउने योजना रहेको कम्पनीले जनाएको छ । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कोकाकोला नेपाल र नेपाल रेडक्रसका प्रतिनिधिहरूको उपस्थितिमा परियोजना सुरु गरिएको छ । पहिलो चरणका सुरक्षा सामग्रीहरू र स्वास्थ्य सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेको जनाइएको छ ।  

पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार सर्जिकल मास्क, के–९५ मास्क १ हजार १ सय ५०, हुड ५ सय ५० थानका साथ डिस्पोजेबल कभर्अल रहेको छ । त्यस्तै, सुरक्षा चस्मा ३ सय थान, पन्जा १० हजार जोडी, सुरक्षा बुट ४ सय ४०, स्यानिटाइजर २ हजार ५ सय बोतल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४ सय ५० र १५ हजार १ सय १८ थान साबुन पनि रहेको कोकाकोलाले जनाएको छ ।  

नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले नेपाल रेडक्रस र द कोकाकोला फाउन्डेसनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको संरक्षण गर्ने एउटा प्रयास रहेको बताए । 

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले देश र नागरिकलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपत्कालीन स्वयंसेवकहरूलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरू र विभिन्न स्वास्थ्य निकायहरूलाई आवश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउन नेपाल रेडक्रसलगायत हाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । पहिलो चरण भएको र अन्य चरणमा पनि सहयोग गरिने जनाइएको छ ।