मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २१ आइतबार ०६:१२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

८.२५ प्रतिशत ब्याजदरमा एनआइसी एसिया बैंकको कर्जा योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २१ आइतबार ०६:१२:००

एनआइसी एसिया बैंकले घर, सवारी र व्यवसाय कर्जा ८.२५ प्रतिशत ब्याजदरमा दिने भएको छ । ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा नयाँ कर्जा योजनालाई सुपर चामत्कारिक घर कर्जा, सुपर चामत्कारिक सवारी कर्जा र सुपर चामत्कारिक व्यवसाय कर्जा नाम दिएको छ । 

ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको बैंकले जनाएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै ग्राहकको आवश्यकतालाई पहिचान नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको कर्जा योजना ल्याएको जनाएको छ । 

घर कर्जा

घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिदलगायतका लागि वित्तीय सेवासुविधा लिन चाहने ग्राहकले यो योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ । न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अविधिको कर्जा प्रदान गरिने बैंकले जनाएको छ । 

यसमा ५ वर्षसम्मका ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने सुविधा पनि रहेको छ । यस योजनामा अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा रहेको र जसमा ५० लाखसम्मको ओभर ड्राफ्ट सुविधा रहेको जनाइएको छ । 
घर निर्माण गर्दा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने जनाएको छ । यो सुविधाअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका ग्राहकले कर्जा स्थानान्तरण (स्वाप) गर्न पनि सक्ने जनाइएको छ । 

सवारी कर्जा 

सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि प्रदान गरिने जनाइएको छ । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले पनि यो योजनामा कर्जा स्वाप गर्न सक्ने बैंकले जनाएको छ । यस योजनामा अधिकतम २ करोड रुपैयाँ प्रदान गर्ने जनाइएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा घरजग्गा दुवै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

व्यवसाय कर्जा 

यो योजनामा देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको साना तथा मझौला उद्योग–व्यवसायलाई सघाउ पुग्ने बैंकले जनाएको छ । कोभिड-१९ ले प्रभावित हुँदै गइरहेको अवस्थामा बैंकले साना तथा मझौला उद्योग–व्यवसायलाई प्रोत्साहन गर्न यो योजना ल्याएको जनाएको छ । यसलाई आवधिक कर्जा तथा ओभर ड्राफ्ट मिश्रित रूपमा उपभोग गर्न मिल्ने जनाइएको छ । यस्तो कर्जा सीमा अधिकतम १ करोड रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ ।