१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २१ आइतबार ०६:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड-१९ : चिनियाँ सेनामा प्रयोग हुँदै खोप

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार ०६:२२:००

- एक चिनियाँ कम्पनीले कोभिड–१९ विरुद्ध खोप तयार भएको दाबी गरेको छ । तर, त्यो खोप तत्काल सर्वसाधारणको प्रयोगमा आउनेछैन ।

चिनियाँ बायो फर्मास्युटिकल फर्म कानसिनो बायोजिक्सले सोमबार नयाँ खोपबारे जानकारी दिएको हो, जुन चिनियाँ जनसेनाको आन्तरिक प्रयोजनका लागि मात्र सरकारले उत्पादन अनुमति दिएको छ ।

- चिनियाँ बायो फर्मास्युटिकल फर्म कानसिनो बायोजिक्सले सोमबार नयाँ खोपबारे जानकारी दिएको हो, जुन चिनियाँ जनसेनाको आन्तरिक प्रयोजनका लागि मात्र सरकारले उत्पादन अनुमति दिएको छ ।

- खोपको नाम ‘एडी ५–एनकोभ’ जुराइएको छ । चिनियाँ जनसेनाको अनुसन्धान टोलीले यो खोप तयार पारेको हो । र, कोरोना संक्रमित आफ्ना सैनिकमा प्रयोग गर्न सेनाले एक वर्षको अनुमति पाएको छ ।

- कम्पनीले खोप अनुसन्धान र उत्पादनमा सेनाको मेडिकल साइन्स एकेडेमीअन्तर्गत इन्स्टिच्युट अफ बायोटेक्नोलोजीको सहयोग प्राप्त गरेको थियो ।

- चीनको केन्द्रीय सैन्य आयोगअन्तर्गतको स्वास्थ्य ब्युरोले अनुमति नदिएसम्म सेनाभन्दा बाहिर यो खोप प्रयोग गर्न पाइनेछैन ।

- हालसम्म यो खोपलाई दुईपटक परीक्षण गरिएको छ । दुवै परीक्षणको नजिता सकारात्मक देखिएको कम्पनीले जनाएको छ ।

- खासगरी, दोस्रो चरणको परीक्षणमा कोरोना संक्रमितको शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन प्रभावकारी देखिएको छ ।

- प्रारम्भिक परीक्षणमा ‘एडी ५-एनकोभ’ खोपबाट ‘सार्स कोभ-२’का कारण हुने सबै प्रकृतिका रोगबाट बचाउन सक्ने सम्भावना देखिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

- कानसिनोले खोप अनुसन्धानका लागि क्यानेडियन नेसनल रिसर्च काउन्सिलसँग सहकार्य गरिरहेको छ ।