Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २० शनिबार १९:४८:००
Read Time : < 1 मिनेट
समाचार

इन्धन बोक्ने ट्यांकरबाट एक सय २८ केजी गाँजा बरामद

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार १९:४८:००

हेटौँडा–९ पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले एक सय २८ केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान ५ बजे चेकजाँचका क्रममा ना.६ख ६९७४ नम्बरको इन्धन ढुवानी गर्ने ट्यांकरबाट एक सय २८ केजी लागुऔषध गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।

हेटौँडा–१५ स्थित रातोमाटे चेकपोस्टमा हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको इन्धन बोक्ने ट्यांकरको चेम्बरमा लुकाइछिपाई राखिएको अवस्थामा एक सय २८ केजी गाँजा फेला पारेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । 
नायव उपरीक्षक रानाका अनुसार ट्यांकरचालक बारा जितपुर–सिमरा उपमहानगरपालिका– २३ बस्ने २७ वर्षीय एमामुल हक देवान र सोही ठाउँमा बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई नियन्त्रणमा लिइएको छ । 

मध्यरातमा ७० केजी गाँजासहित एक पक्राउ
शुक्रबार राति १२:४५ मा इलाका प्रहरी कार्यालय मनहरीबाट पनि ७० केजी लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरी निरीक्षक शंकर श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका– ६ स्थित लोथर खोलाबाट ७० केजी गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका– ११ बस्ने ३५ वर्षीय शिव तामाङ छन् । प्लाष्टिकको बोरा बोकेर खोलामा आएको प्रहरीले देखेपछि चेकजाँच गर्दा गाँजा फेला परेको नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।