मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २० शनिबार १९:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

नेपालमा कोरोना : पिसिआर परीक्षणको ६.२८ प्रतिशतमा संक्रमण, संक्रमितमध्ये ४१.४१ प्रतिशत निको, मृत्युदर ०.२१ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २० शनिबार १९:३२:००

नेपालमा कोरोना भित्रिएको एक सय ६३ दिन अर्थात् शनिबारसम्म संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ । यीमध्ये ६ हजार चार सय १५ जना निको भएर घर फर्किएका छन् भने ३४ संक्रमितको मृत्यु भएको छ । नौ हजार सात सय ३१ संक्रमित असार महिनाको २० दिनमा थपिएका हुन् । यो संख्या कुल संक्रमितको ६२.८१ प्रतिशत हो । 

शनिबारसम्म दुई लाख ४६ हजार दुई सय ९७ नमुनाको पिसिआर परीक्षण भएको छ । पिसिआर परीक्षणको आधारमा अहिलेसम्म नेपालमा संक्रमण दर ६.२८ प्रतिशत छ । यस्तै, संक्रमित निको हुने दर ४१.४१ प्रतिशत छ । विश्वभरको तथ्यांकमा संक्रमित निकाे हुने दर ५६.७३ प्रतिशत छ । 

कोरोनाबाट मृत्यु हुने दर भने ०.२१ प्रतिशत छ । विश्वभरको तथ्यांकमा कोरोनाबाट भएको मृत्युदर ४.७२ प्रतिशत छ । 

नेपालमा अधिकांश संक्रमित पछिल्लो महिनायता थपिएकाले निको तथा मृत्यु हुने दर कम देखिएको हुन सक्छ । जेठ महिनाको ३२ दिनमा १९ जनाको मृत्यु भएकोमा असारको २० दिनमा मात्रै १५ को ज्यान गएको छ ।