मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २० शनिबार १६:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धरानबाट लागुऔषधसहित एक पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार १६:३७:००

धरान उपमहानगरपालिका– ७ पानमारा बस स्टेसननजिकबाट ठूलो परिमाणको लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पानमारा बस स्टेसननजिक  डेरा गरी बस्ने ४४ वर्षीय  किसन श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठामा अवैध लागुऔषध सञ्चय गरी बेचबिखन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

उनको साथबाट एक थान हतियारसमेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागुऔषध भण्डारण गरी बिक्री–वितरण गर्ने गरेको सूचना आएको डिएसपी बस्नेतले जानकारी दिए ।  

उनको कोठाबाट  नाइट्रोसन २६० ट्याबलेट, पास्मोप्रोक्सिभन ५५२ क्याप्सुल र डाीलेक्स डिसी १०० एमएलको सिलप्याक भएको ६ वटा बोतल र नगद एक लाख ९२ हजारसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।