मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २० शनिबार १४:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

८१ वर्षीया वृद्धासहित सिराहामा ६३ जनाले कोरोना जिते 

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार १४:२२:००

सिराहामा ८१ वर्षीया वृद्धासहित ६३ जना कोरोना जितेर घर फर्किएका छन् ।

चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा बसेकी सिराहा नगरपालिका– १९ सन्हैठाकी ८१ वर्षीया कागतीदेवी मण्डल कोरोना जितेर घर फर्किएकी हुन् ।

घरका सदस्य कोरोना संक्रमित भएपछि मण्डललाई सिराहा क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । दुई साता क्वारेन्टाइन बसाइकाे क्रममा गरिएकाे परीक्षणमा उनमा पनि कोरोना संक्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको थियो ।

करिब २० दिनमा दुईपटक स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपाेर्ट निगेटिभ आएपछि मण्डललाई डिस्चार्ज गरिएको छ । उनीसँगै सिराहाको चन्द्र माध्यमिक विद्यालय र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेसनबाट ६३ जना  डिस्चार्ज भएका छन् । चन्द्र माध्यमिक आइसोलेसनबाट ४९ जना र महेन्द्र गेनाईबाट १४ जनालाई डिस्चार्ज गरिएको डा. सुभाष मण्डलले जानकारी दिए । 

डिस्चार्ज हुनेहरू लहान नगरपालिकाका तीन, धनगढीमाई नगरपालिकाका दुई, कर्जन्हा नगरपालिकाका एक र सिराहा नगरपालिका क्षेत्रका ५७ जना रहेका छन् ।

महेन्द्र गेनाईमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा २४ जना गरी ४९ जना कोरोना संक्रमित अझै रहेको डा. मण्डलले बताए ।