मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्हवा नयाँ दिल्ली
२०७७ असार २० शनिबार १४:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना संक्रमित करिब साढे ६ लाख, झन्डै चार लाख निको भए 

Read Time : < 1 मिनेट
रासस/सिन्हवा नयाँ दिल्ली
२०७७ असार २० शनिबार १४:०२:००

छिमेकी देश भारतमा शनिबारसम्म कोरोना संक्रमितको संख्या झन्डै साढे ६ लाख पुगेको छ ।

संक्रमितमध्ये तीन लाख ९४ हजार दुई सय २७ जना निको भएर डिस्चार्ज भइसकेका छन् । निको भएको संख्या घटाउँदा भारतमा दुई लाख ३५ हजार पाँच सय ४४ मात्र संक्रमित बाँकी छन् । 

संक्रमित १८ हजार ६ सय ५५ जनाको भने मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी दिएको छ । 

भारतमा हालसम्म ६ लाख ४८ हजार तीन सय १५ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

‘शनिबार बिहान ८ बजेसम्म १८ हजार ६ सय ५५ संक्रमितको मृत्यु भएको र ६ लाख ४८ हजार तीन सय १५ जनामा संक्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म तीन लाख ९४ हजार दुई सय २७ संक्रमित निको भई अस्पतालबाट घर फर्किएका छन्,’ संघीय मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख छ ।  

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड– १९ विरुद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । 

भारतीय नागरिक उड्डयन प्राधिकरणले ३१ जुलाईसम्मका लागि  व्यावसायिक अन्तर्राष्ट्रिय उडानहरूलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ ।

निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम राख्दै पसल तथा उद्योगहरूलाई सञ्चालनमा ल्याएको छ ।

तर, विद्यालय र ठूलो जमघट हुने स्थानहरूलाई अझै सञ्चालनमा ल्याइएको छैन ।