१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असार २० शनिबार १२:२४:००
Read Time : < 1 मिनेट
समाचार

वीरगन्जमा ओलीको समर्थनमा प्रदर्शन : आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार १२:२४:००

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा युवाहरूले वीरगन्जमा प्रदर्शन गरेका छन् । नेकपाभित्र चर्केको विवादबीच नेकपा नेताहरूले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको राजीनामा मागेपछि ओलीको समर्थनमा युवाहरूले शनिबार प्रदर्शन गरेका हुन् ।

स्थायी कमिटी बैठकमा नेताहरूले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा युवाहरू सडकमा निस्किएका हुन् । 

प्रदर्शनमा सहभागीहरू युवाहरूले ओलीको समर्थनमा ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आमनिर्वाचनपछि बन्ने हो, अस्थिरता निम्त्याउनेहरू होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दावाद’ लेखिएका प्ले कार्ड बोकेका थिए ।