मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७७ असार २० शनिबार १०:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार १०:४६:००

शनिबार ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको स्थायी कमिटीकाे बैठक फेरि स्थगित भएको छ । पार्टीभित्र जारी विवाद समाधानका लागि गृहकार्य नपुगेको भन्दै शनिबारको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । 

पार्टी एकताका लागि अन्तिम प्रयास गर्न बिहीबार स्थायी कमिटी बैठक स्थगित गरेर भएका प्रयास असफल भएपछि शनिबारका लागि बाेलाइएकाे बैठक पनि सरेकाे छ ।

शनिबार बिहान प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवादपछि बैठक २२ गतेसम्मका लागि स्थगित भएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार अहिले केहीबेरमा दुवै अध्यक्षबीच छलफल हुने कार्यक्रम छ । 

शुक्रबार बालुवाटारमा अध्यक्षद्वयबीच भएको तीन घन्टा लामो छलफल सकारात्मक नभएपछि थप गृहकार्य गरेर अन्तिम निष्कर्षमा पुग्ने सहमति भएको थियो ।  

पार्टी विभाजनउन्मुख भएपछि नेकपाका शीर्ष नेता तथा दोस्रो पुस्ताका नेता पार्टी एकता जोगाउन दौडधुप गरिरहेका छन् ।