मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ असार २० शनिबार १०:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १  मा मात्रै  कोरोना उपचारका लागि  साढे २७ करोड खर्च 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ असार २० शनिबार १०:४७:००

प्रदेश १ सरकारले कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म २७ करोड ३३ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ ।  शुक्रबार पत्रकार सम्मेलन गरी कोभिड– १९ रोकथाम,  नियन्त्रण तथा उपचारको  विवरण सार्वजनिक गर्दै प्रदेश १ सरकारले हालसम्म जम्मा २७ करोड ३३ लाख ८९ हजार आठ सय ९० रुपैया खर्च भएको जानकारी गराएको हो । 

प्रदेश १ सरकारले सार्वजनिक गरेको कोभिड– १९ को खर्च विवरणअनुसार हालसम्म १९ करोड ८२ लाख ७१ हजार रुपैयाँ निकासा भएर खर्च भइसकेको छ । बाँकी रकम निकासा भएर खर्च हुने क्रममा रहेको छ । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारलाई पारदर्शी र जवाफदेही बनाउन कोभिड– १९ का लागि आफ्नो नेतृत्वको सरकारले गरेको सबै खर्च विवरण सार्वजनिक गरेको र आगामी दिनमा हरेक हप्ता सार्वजनिक गर्दै जाने बताए । उनले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि सरकार सक्रिय र पारदर्शी तरिकाले निरन्तर लागिपर्ने र एक पैसा पनि हिनामिना हुन नदिने प्रतिबद्धता जनाए । 

शुक्रबार सम्पन्न खर्च विवरण सार्वजनिक कार्यक्रममा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईसहित सबै मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी भएका थिए । 

प्रदेश १ सरकारले सार्वजनिक गरेको  खर्च विवरणअनुसार कोभिड– १९ का लागि हालसम्म  प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार एक सय ७० रुपैयाँ,  मन्त्रालयको नियमित बजेटबाट  चार करोड ८१ लाख १८ हजार सात सय २० रुपैयाँ र नेपाल सरकारले प्रदान गरेको दुई करोड ७० लाख रुपैयाँ प्रदेश १ मा कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च भएको छ ।