मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ असार २० शनिबार १०:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापा र सुनसरीबाट लागुऔषधसहित पाँच पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार १०:२८:००

प्रदेश १ मा प्रतिबन्धित लागुऔषधसहित शुक्रबार पाँचजना पक्राउ परेका छन् । सुनसरीको देवानगन्ज र झापाको दमकबाट शुक्रबार लागुऔषधसहित पाँचजना पक्राउ परेका हुन् । 

प्रदेश १ प्रहरी कार्यालयका अनुसार सुनसरीको देवानगन्ज– ३ पाँचौँ सिमरबाट लागुऔषध गाँजासहित सोही ठाउँका ४३ वर्षीय चुनिलाल सरदार आफ्नै २ह६५३७ नम्बरको अटोमा लुकाएको १८ केजी गाँजासहित पक्राउ परे ।  

झापाको दमक नगरपालिका– ९ का ३२ वर्षीय रविन कुँवर, इलामकी १९ वर्षीया मनीषा राई र ताप्लेजुङकी  २२ वर्षीया सम्झना राई श्रेष्ठ १७ ग्राम ब्राउनसुगरसहित शुक्रबार राति १० बजे पक्राउ परेका हुन् ।  

सुनसरी बस्दै आएका ४४ वर्षीय किसन श्रेष्ठ पनि लागुऔषधसहित शुक्रबार पक्राउ परेका छन् । उनलाइ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शुक्रबार  राति सवा ८ बजे पक्राउ गरेको हो ।