१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार २० शनिबार ०९:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण गोरखामा एकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार ०९:३८:००

गोरखामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पालुङटार नगरपालिकानिवासी ४४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

गोरखा अस्पतालमा उपचारको क्रममा उनकाे शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । 

बिहीबार उनकाे स्वाब संकलन गरी पठाइकोमा शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

दीर्घरोगीसमेत रहेका उनलाई कोरोना संक्रमण देखिएपछि जीवनज्योति माविमा रहेको क्वारेन्टाइनबाट शुक्रबार राति गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनी कतारबाट पालुङटार आएका  थिए ।