मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २० शनिबार ०८:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बझाङमा पहिरोले १७ घर बगायो, सात बेपत्ता

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार ०८:४९:००

बझाङको केदारस्युँ गाउँपालिका- ८ मल्लेसका १७ घर पहिरोले बगाएको छ । अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले शुक्रबार राति केदारस्युँ गाउँपालिका-८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परेर सातजना बेपत्ता भएका छन् ।बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी गणेश बमले उद्धारका लागि घटनास्थलमा प्रहरी टोली पठाइसकेको जानकारी दिए । 

खोला किनारमा रहेकाे बाटोमा बाढी आएका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन। अन्य क्षतिको विवरण आउन बाँकी छ ।