१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी सिड्नी
२०७७ असार २० शनिबार ०७:५१:००
Read Time : > 1 मिनेट
खेलकुद

टेस्टमा नयाँ बल प्रयोग हुने

Read Time : > 1 मिनेट
एजेन्सी सिड्नी
२०७७ असार २० शनिबार ०७:५१:००

क्रिकेट अफ अस्ट्रेलिया (सिए)ले नयाँ सिजनमा बल परिवर्तन गर्ने भएको छ । सन् २०२०/०२१ को सिजनमा सिएले पहिलो श्रेणी तथा टेस्ट खेलमा आफ्नै उत्पादित बलको प्रयोग गर्नेछ । यसअघि अस्ट्रेलियाले ड्युक बल प्रयोग गर्थ्यो । अब घरेलु मैदानमा हुने माथिल्लो श्रेणी तथा टेस्ट सिरिजमा कुकाबुरा बलबाट प्रतिस्पर्धा हुने सिएले जनाएको छ । 

यसको सुरुवात अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एसेज सिरिजबाट हुनेछ । सिरिजअघि खेलाडीले यसै बलबाट अभ्यास गर्नेछन् । चार वर्षदेखि अस्ट्रेलियाले कुकाबुरा बलबाट अभ्यास गर्दै आएको छ । तर, प्रतियोगितामा ड्युक बल नै गरिन्छ । अस्ट्रेलियाले ड्युक बल छाड्नुपछाडि यो बल धेरै स्पिन हुँदैन । कुकाबुरा बल सोचेजस्तो स्पिन हुन्छ । यद्यपि, इंग्ल्यान्डले कुकाबुरा बलको सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन ।

तर, अस्ट्रेलियाले भने एसेजमा कुकाबुरा नै प्रयोग हुने सम्भावना रहेको बताएको छ । पहिलो श्रेणीको क्रिकेटमा स्पिन आवश्यक पर्छ । ब्याट्सम्यानले जति धेरै स्पिन बलमा अभ्यास गर्छन्, त्यति नै उनीहरू अनुभवी हुँदै जाने सिएको विश्वास छ । ‘टेस्ट वा पहिलो श्रेणीमा अधिकतम स्पिनरले नै बल फ्याँक्छन्, स्पिनरविरुद्ध अनुभव नभएका ब्याट्सम्यान क्रिजमा धेरै बेर टिक्न सक्दैनन्,’ सिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इंग्ल्यान्डसँग हुने एसेजमा हामीलाई स्पिनरको खाँचो छ, यसले नै कुकाबुरा बल प्रयोग गर्न लागेका हौँ ।’ 

यता, भारतले एसजी बल प्रयोग गर्छ । भारतमै उत्पादन हुने यो बल स्पिनरकै लागि बनाइएको हो । १०–२० ओभरपछि यो बल बढी स्पिन हुन्छ । जसले गर्दा स्पिन बलरले फाइदा लिन सक्छन् । यसको सिम ८०–९० ओभरसम्म रहन्छ । इंग्ल्यान्डले प्रयोग गर्ने ड्युक बल फास्ट बलरका लागि हो । इंग्ल्यान्डले स्पिनरभन्दा फास्ट बलरप्रति विश्वास गर्ने भएकाले नै ड्युक बल प्रयोग गर्दै आइरहेको छ । ड्युक बल ६०–७० ओभरसम्म स्विङ हुन्छ ।

यसै कारण इंग्लिस बलरले फास्ट पिचमा धेरै स्विङ बल फ्याँक्छन् । रमाइलो पक्ष के छ भने २०–३० ओभरपछि यो बल रिभर्स स्विङ फ्याँक्न सहज हुन्छ । यद्यपि, अस्ट्रेलियाले कुकाबुरा बल चलनचल्तीमा ल्याउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग अनुमति लिनुपर्छ । अनुमति पाएपछि मात्र नयाँ ब्रान्डको बल प्रयोग गर्न मिल्छ ।