Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १९ शुक्रबार १८:५३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघको महाधिवेशन २६ र २७ साउनमै हुन्छ : ढकाल

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार १८:५३:००

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी २६ र २७ साउनमै महासंघको महाधिवेशन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोरोना रोकथामका लागि जारी गरिएको लकडाउनका कारण २६ र २७ साउनमा सारिएको र महामारीको यही अवस्था रहेमा सोही दिन नै महाधिवेशन हुने बताएका हुन् । 

चन्द्रागिरी हिल्सको अवस्थाबारे जानकारी लिन शुक्रबार चन्द्रागिरी पुगेका ढकालले पत्रकारहरूसँग कुरा गर्दै तोकिएको मितिमै महाधिवेशन गर्ने गरी नै महासंघका कार्यक्रमहरू अगाडि बढेको बताए । महाधिवेशनका लागि काठमाडौंमा आउनुपर्ने एक सय ५ जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्व र वस्तुगत संघका नेतृत्वलगायत गरी करिब चार सयको संख्यामा हुने र सामाजिक दूरी कायम गरी तोकिएकै दिन महाधिवेशन हुने विश्वास आफूले गरेको बताए । त्यसका लागि सरकारसँग समेत सहयोगको अपेक्षा महासंघले गरेको ढकालको भनाइ छ । 

उनले लकडाउनभन्दा पहिला चुनावी क्रियाकलापहरू बढिरहेको र अहिले पनि सहमतिमा चुनावमा सहभागिता जनाउन सकिने ठाउँ रहेको बताए । वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका ढकालले चुनावलाई केन्द्रित गरेर कुनै गुटगत राजनीति नगरेकोसमेत स्पष्ट पारे ।