मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १९ शुक्रबार १८:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा केन्द्रीय सदस्यले दिए पार्टी कार्यालयमा धर्ना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १९ शुक्रबार १८:०३:००

पार्टीभित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंगो लगाउन माग राख्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको विवादको समाधान वार्ता र संवादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरू धर्नामा बसेका हुन् । 

पार्टी विधि, विधान र पद्धतिअनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि र पद्धतिअनुसार अगाडि बढ्नुपर्ने उनीहरूको माग छ । नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरूले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताएका छन् । बैठकबाहिरबाट समाधान नहुने उल्लेख गर्दै उनले सामूहिक छलफलबाट नै निष्कर्ष निस्किने बताए । नीतिलाई प्राथमिकतामा राखेर अगाडि बढेमा समस्या समाधान हुने उनको भनाइ छ । 

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधान भएर अगाडि बढ्दा यस्तो समस्या आएको बताइन् । व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी ढंगले नेताहरू अगाडि नबढेको भए यस्तो समस्या नआउने उनले बताइन् । विधि, विधान र पार्टीको बैठकबाट नै अहिलेको समस्याको समाधान खोज्नुपर्ने उनले भनाइ छ । 

अर्का सदस्य जगन्नाथ खतिवडाले पार्टी विभाजन गर्ने तत्वहरू सल्बलाउन लागे उनीहरू एक्लो पर्ने बताए । पार्टी विभाजनको सोच राख्नेहरूले सपना देखे पनि एक्लै हुने जिकिर गर्दै उनले पार्टीपंक्तिलाई कुनै क्षति नपुग्ने बताए । उनले कार्यकर्ताहरूलाई नडराएर पार्टी एकताको पक्षमा वकालत गर्न आग्रह गरे । सबै समस्याको समाधान संवाद र विधानको पालना गरेर निस्किने उनको भनाइ छ । 

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने पक्ष बलियो हुँदै गएको छ । मदन जन्मजयन्तीका अवसरमा पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न खोजेको र नेपालका नेताहरूसमेत त्यसमा सक्रिय रहेको अभिव्यक्ति दिएपछि पार्टीभित्र विवाद बढेको हो । स्थायी समिति बैठकमा ओलीको राजीनामा माग्ने पक्षको आवाज बलियो हुँदै गएपछि ओलीले बैठक छल्दै आएका छन् । 

सरकारले अचानक संसद् बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरि आउने आशंका नेकपा नेताहरूले गरिरहेका छन् । दुई अध्यक्षबीचमा छलफलका लागि भन्दै नेकपाको स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।