मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १९ शुक्रबार १७:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफ्नै विद्यार्थी संगठन नेविसंघमाथि यसरी खनिए देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १९ शुक्रबार १७:१९:००

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै विद्यार्थी संगठन नेविसंघविरुद्ध कठोर टिप्पणी गरेका छन् । शुक्रबार गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीका अवसरमा शान्ति बाटिकामा आयोजित रक्तदान कार्यक्रममा देउवाले नेविसंघप्रति कठोर टिप्पणी गरेका हुन् ।

नेविसंघका नेताहरुमा भाषणबाजी गर्ने तर, संगठनका लागि काम नै नगर्ने संस्कार मौलाएको भन्दै देउवाले आक्रोस व्यक्त गरेका हुन् ।  आफू नेविसंघको सभापति हुँदै चारपटकसम्म प्रधानमन्त्री भएको भन्दै देउवाले आफू जस्तै बनेर देखाउन नेताहरुलाई चुनौती दिए । 

यस्तो भनेका थिए देउवाले 
सोसियल डिस्ट्यान्सिंग भनेको छ तर, टास्सिर बसेको छ । कहाँ सोसियल डिस्ट्यान्सिग छ यहाँ ? अहिले खतरा रोग आएको छ । कहिलेकाँही कार्यक्रम नगरे पनि हुन्छ । यस्तो टासिएर नबसी कार्यक्रम गर्नुपर्छ । यस्तो बेला सबैले कार्यक्रम गर्न छोडिसकेका छन् । गर्नैपरे ठूलो ठाउँमा सानो कार्यक्रम गर्नुपर्छ । विद्यार्थीहरुलाई भाषण गरिहाल्नुपर्ने, बढ्ता जान्ने हुनुपर्ने किन ? 

नेविसंघ र तरुण दलले पूर्णता पाउँछन् । कांग्रेसको पनि अधिवेशन हुँदैछ । हामीबीच केही समस्या भए पनि मिलाइरहेका छौं । नेविसंघ पनि आपसमा मिलेको भए समस्या हुन्थेन । झगडा गरेको गर्यैं छन् । म पनि नेविसंघको सभापति भइसकेको हुँ । चारपटक प्रधानमन्त्री भइसकें । तपाईंहरु यस्तै हिसाबले कोही हुन सक्नुहुन्छ ? यस्तै हिसाबले लाज छैन ? राम्रोसँग काम गर्नुस्, नेविसंघ बलियो बनाउनुस् । स्कूल कलेजमा जित्नुस । आज कहाँ छ नेविसंघ ? कलेजमा छ ? स्कूलमा छ ? काठमाडौंमा आएर बढ्ता भाषण गरेर नेविसंघ बलियो हुँदैन । स्कूलमा जबसम्म नेविसंघ हुँदैन पार्टी बलियो हुँदैन । गाउँमा, स्कूलमा नेविसंघलाई बलियो बनाउँ । गाउँमा गएर बलियो नेविसंघ बनाउन जरुरी छ । गाउँगाउँमा नेविसंघ पुर्याउन लाग्नुस् ।