मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार १९ शुक्रबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आत्महत्या गर्ने उद्देश्यले एक जोडी सँगै नहरमा हामफाले, केटीलाई स्थानीयले बचाए, केटा बेपत्ता

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार १९ शुक्रबार १६:३५:००

कञ्चनपुरमा एक जोडीले आत्महत्या गर्ने उद्देश्यले नहरमा हामफालेका छन् । 

शुक्रबार बिहान ११ बजेतिर भीमदत्त नगरपालिका– १ भाँसीमा एक नवप्रेमी जोडीले यस्तो गरेका हुन् । भीमदत्त नगरपालिका– २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीले नहरमा हामफालेका हुन् । 

स्थानीयले देखेपछि केहीछिनमै किशोरीको उद्धार गरिए पनि किशोरको भने उद्धार गर्न सकेनन् । 

सोही नगरबाट कामका लागि गाउँतिर गइरहेका सुनिल चौधरीले केटाकेटीले नहरमा हामफालेको थाहा पाएपछि केटीलाई नहरबाट निकालेको बताए । 

‘पानीमा केही मात्रै टाउको देखिएको थियाे,’ ‘उनले भने, ‘मैले सुरुमै उनलाई निकालेँ, पेटमा पानी भरिएर उनी बेहोस थिइन् ।’ 

१०–१५ मिनेटमा केटीको होस आएपछि उनले नै केटा पनि नहरमा छ भनेपछि खोज्दा केटा नभेटाएको उनले बताए । 

उनले भने, ‘केटीलाई महाकाली अस्पताल पठाइयो, वडाध्यक्ष र प्रहरीलाई खबर गरे, अनि सबै आए केटालाई खोज्दै छौँ ।’ हामफाल्नुको कारण यकिन नभएको उनले बताए । 

आपसमा झैझगडा वा आवेगमा लिएको निर्णय भएको पनि हुन सक्ने अनुमान गरिएको उनले बताए । 

केटीको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आसेफ कुँवरले माथि पुलमा लामो समयदेखि बसेका केटाकेटीले एक्कासि सँगै हामफालेको स्थानीयले देखेको बताए ।