१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १९ शुक्रबार १६:१७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

काेराेना मिटर : संक्रमितकाे संख्या १५ हजार नाघ्याे, शुक्रबार थपिए सात सय ४० संक्रमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १९ शुक्रबार १६:१७:००

पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा सात सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले कुल संक्रमितकाे संख्या १५ हजार दुई सय ५९ पुगेकाे जानकारी दिए । 

विगत २४ घन्टामा देशभरिबाट आठ सय २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार एक सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

थप एककाे निधन
उपचारका क्रममा १७ असारमा मृत्यु भएका काठमाडौं नयाँ वानेश्वरका ८५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

छाति दुख्ने र पिसाव कम हुने समस्याले काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको गाैतमले बताए ।

रक्तचाप र पार्किन्सनका विरामी उनलाई आईसियुमा राखेर उपचार गरिएको थियो । गौतमले योसमते देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको बताए । 

कुन प्रदेशमा कति संक्रमित ? 
प्रदेश १ मा हालसम्म ६ सय ७४ जना संक्रमित भएका छन् । त्यसमध्ये चार सय जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । 

प्रदेश २ मा हालसम्म तीन हजार नौ सय ९५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार आठ सय ६७ जना निको भएर डिस्चार्ज भइसकेका छन् । 

बागमती प्रदेशमा पाँच सय सात जना संक्रमित भएकोमा एक सय ८५ डिस्चार्ज भएका छन् । 

त्यसैगरी गण्डकी प्रदेशमा एक हजार एक सय १८ जना संक्रमित भएकोमा दुई सय १४ जना निको भएर घर फर्केका छन् । 

प्रदेश ५ मा तीन हजार आठ सय ९१ जना संक्रमित भएकोमा एक हजार सात सय २५ निको भएका छन् ।

कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ संक्रमितमध्ये एक हजार ७२ जना डिस्चार्ज भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ संक्रमित भएकोमा ६ सय ८९ जना निको भएर डिस्चार्ज भएको मन्त्रालायले जनाएको छ ।