मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १९ शुक्रबार १६:११:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

शुक्रबार ३८ जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ जना पुग्यो 

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार १६:११:००

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ जना पुगेको छ ।  शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएपछि  प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको हो । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार ३४ पुरुष र चार महिलामा संक्रमण देखिएको छ । जसअनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच–पाँचजना कोरोना पोजेटिभ फेला परेका छन् । 

झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा तीन पुरुष, अर्जुनधारामा ६ पुरुष, दुई महिला, बिर्तामोडमा एक महिला, कन्काईमा एक पुरुष, एक महिला, मोरङको विराटनगरमा तीन पुरुष, बेलबारी र बुढीगंगामा एक–एक पुरुष, उदयपुरको बेलकामा पाँचजना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट शुक्रबार ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका चार र सुनसरीका दुईजना  छन् । हालसम्म प्रदेश १ मा निको भएर घर फर्केनेको  संख्या चार सय ६ पुगेको छ ।