मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ असार १९ शुक्रबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरीमा पौडी  खेल्ने क्रममा दुईको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ असार १९ शुक्रबार १५:५७:००

पौडी खेल्ने क्रममा शुक्रबार मोरङमा दुईजनाको डुबेर मृत्यु भएको छ । जहदा गाउँपालिका– ३ का १८ वर्षीय दिनेश राजवंशी र २० वर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो  डुबेर मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार उनीहरू शुक्रवार दिउँसो साढे १ बजे स्थानीय ब्रह्मदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका  थिए । 

पौडी खेल्ने क्रममा डुबेका दुवैजनामध्ये रिक्कीको पोखरीमा नै मृत्यु भएको थियो भने दिनेशलाई स्थानीयले उद्धार गरी उपचारका लागि कोसी अस्पताल विराटनगर लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।