मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १५:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली–प्रचण्डबीच छलफल सकियो, भोलि फेरि बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १५:२१:००

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीन घन्टा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए ।
 
दुई अध्यक्षबीचको संवाद भोलि स्थायी कमिटीको बैठकअगाडि पनि हुने छलफलमा सहभागी एक नेताले बताए । दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलमा ठोस सहमति भए–नभएको विवरण  भने आएको छैन ।

बिहीबार प्रचण्ड र महासचिव विष्णु पौडेलसँगको भेटमा प्रधानमन्त्री ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका थिए । नेकपामा प्रचण्ड–नेपाल समूह ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेकाे छ ।

यद्यपि सहमति जुटाउन नेकपाका अनौपचारिक तहमा संवाद भएका छन् । स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित छ । पौडेल र शर्मा दुवैजना जेठ २ गते पार्टी एकताको अघिल्लो दिनको ओली-प्रचण्डबीचको सहमतिका साक्षी पनि हुन् ।