मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १९ शुक्रबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपाको अन्तरद्वन्द्व : नेता–कार्यकर्ता पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १९ शुक्रबार १३:५८:००

सत्तारुढ दल नेकपाभित्र देखिएको अन्तरद्वन्द्व समाधान छलफलबाट मात्र गर्न माग गर्दै नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरूसहित नेता–कार्यकर्ताहरूले धर्ना दिएका छन् । 

शुक्रबारबाट केही केन्द्रीय सदस्यको सहभागितासहित नेता तथा कार्यकर्ताहरूले जम्मा भएर दिउँसो १ देखि ४ बजेसम्म धर्ना थालेका हुन् । धर्ना हरेक दिन निरन्तर चल्ने केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । 

धर्नामा जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री, दिलुकुमारी पन्त, हिमाल शर्मा, प्रेमल खनाललगायतका केन्द्रीय सदस्यसहित तीन दर्जन नेता–कार्यकर्ता सहभागी छन् । 

धर्नामा बसेकाहरूले पार्टीभित्र चर्किएको अन्तरद्वन्द्व बैठक र छलफलबाटै समाधान गर्नुपर्ने, पार्टीको विधि र प्रक्रियाबाट समाधान निकाल्नुपर्नेलगायतका प्लेकार्ड बोकेका छन् । 

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीभित्र बढेको विवाद पार्टीभित्रै खुलस्त छलफल गरी समाधानमा जानुपर्ने बताए ।

अर्की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सरकारले संसदसँग परामर्श नै नगरी बजेट अधिवेशन अन्त्य गरेकाले पनि आशंका उब्जिएको बताइन् । 

उनले बढेका तिक्तता छलफलबाट नै समाधान गर्न दबाब दिने उद्देश्यले धर्ना सुरु गरेको बताइन् ।