१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै उद्योगी–व्यवसायी सडकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १३:२४:००

उद्योगी–व्यवसायीहरूले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् । 

काठमाडौं जिल्लाका उद्योगी–व्यवसायीका विभिन्न २१ वटा संगठन मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड– १९ संकट व्यवस्थापन समिति’ले काठमाडौंको बसन्तपुर न्युरोड क्षेत्रमा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी–व्यवसायीहरूलाई बैंकको ब्याज र किस्ता, सरकारलाई डिमान्ड शुल्क, घरबेटीलाई घरभाडा बुझाउन समस्या भएकाले समय थप गरिदिन आग्रह गर्ने गरी सम्बन्धित सबै पक्षलाई सडकमा आई ध्यानाकर्षण गरिएको बताए । उनले अदालतले पनि लकडाउनको अवधिलाई शून्य समय मान्ने निर्णय गरेको अवस्थामा पनि नियामक निकाय नेपाल राष्ट्र बैंकको स्पष्ट नीति नआउँदा बैंकहरूले ब्याज र किस्ताका लागि ताकेता गरिरहेको, तर उद्योगी–व्यवसायीहरू तिर्न सक्ने अवस्थामा नरहेकाले ध्यानाकर्षण गर्नुपरेको बताए । उनले असार महिनाभित्र तिर्नुपर्ने बैंकको किस्ता र ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंकसमक्ष माग गरिएको बताए । 

उद्योगी व्यवसायीहरू ‘आफू पनि बाँचौँ अरूलाई पनि बचाऔंँ कोरोनामय अर्थतन्त्र सबै मिली जोगाऔँ’, ‘उद्योगी–व्यवसायी, घरधनी बैैंक, सबै मिलौँ, सहकार्य र सहयोगको वातावरण बनाऔँ’, ‘घरधनी हामीलाई प्यारो छ, महामारीमा हामीलाई गाह्रो छ’, ‘जबर्जस्ती ब्याज असुल गर्न बन्द गर’ लेखिएका ब्यान लिएर सडकमा उभिएका थिए ।