मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १९ शुक्रबार १२:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बालुवाटारमा ओली–प्रचण्ड छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १९ शुक्रबार १२:५८:००

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

नेकपाभित्र विवाद चर्किरहेको वेला संकटमोचन सूत्र खोज्न उनीहरूबीच संवाद भएको हो ।

सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले राजीनामा मागेपछि ओली दबाबमा छन् । तर, उनले बिहीबार अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसँग आफूले दुवै पद नछाड्ने बताएका थिए ।

त्यसपछि शुक्रबार दिनभर सहमतिको कोसिसका लागि भन्दै स्थायी कमिटी बैठक स्थगित भएको थियो । यही सिलसिलामा आज ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् बैठकबाट संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।

निर्वाचन आयोगमा केही दिनअघि नेकपा एमाले नामकाे दल दर्ता पनि प्रधानमन्त्री ओलीकै इसारामा भएको नेकपाका नेताहरूको दाबी छ ।

उता नेकपाका दोस्रो पुस्ताका नेताहरु पनि पार्टीभित्र देखिएको विवाद समाधानका लागि सक्रिय बनेका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको टकवराव बढ्दै जाँदा पार्टी विभाजन हुने खतरा देखिएपछि दलका दोस्रो पुस्ताका नेताहरु सकृय भएका हुन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको निवासमा शुक्रबार दोस्रो पुस्ताका नेताहरु भेला भएर छलफल गरेका थिए ।

उनीहरुले पार्टीको एकता जोगाउन शीर्ष नेताहरुलाई अपिल गरेका छन् ।

बैठकमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल, टोपबहादर रायमाझी, मणि थापालगायतका नेताहरु सहभागी थिए । बैठकले पार्टी एकतालाई जोगाउन नेतृत्वलाई ‘युद्धबिराम’का लागि आग्रह गरेको छ ।