मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १२:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यार्थी नेतासँग देउवाको आक्रोश : नेविसंघ कहाँ छ आज ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १२:३७:००

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवा नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका छन् ।

उनले नेविसंघले गाउँगाउँमा, स्कुलस्कुलमा नेविसंघ बनाउन नसक्ने, तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृत्तिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरे । अहिले गाउँ, ठाउँ, स्कुल कतै पनि नेविसंघ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित भए ।

 पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उनले नेताहरूलाई निर्देशन दिए । उनले भने, ‘राम्रोसँग गर्नुस, नेविसंघलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल–कलेजमा जित्नुस् । जहाँ पनि हारेको हार्‍यै छ, नेविसंघ लाज पनि छैन । हामीले सबै ठाउँमा जितेका थियौँ । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन । गाउँ, स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन । त्यही नेविसंघ त हो नि पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भनेँ– ए बाबा गाउँमा बोलाऊ गाउँमा । स्कुलमा नेविसंघ बनाऊ, बनाउँदै बनाउँदैनन् । अनि हारेकोहार्‍यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर भाषण गरेर केही हुनेवाला छैन । गाउँमा जाऊ गाउँमा । गाउँमा बनाऊ, गाउँको स्कुलमा बनाऊ नेविसंघ अनि मात्र झगडा गर्न आऊ । केही नगर्ने मसित कुरा गर्ने ?’

उनले अहिले नेविसंघभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताए । उनले विद्यार्थीहरू आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताए । आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको, तर अहिलेको कोही पनि विद्यार्थी नेताहरू भविष्यमा प्रधानमन्त्री बन्नलायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको बताए ।