मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १९ शुक्रबार ११:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले क्वारेन्टाइन बगाएपछि सबैलाई घर पठाइयो

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार ११:४९:००

गुल्मीको इस्मा गाउँपालिका– ४ दोहली ढाँडको  क्वारेन्टाइन बनाइएको विद्यालय पहिरोले भत्काएको छ । क्वारेन्टाइन बनाइएको कालिका निमाविमा माथिबाट पहिरो आएपछि क्वारेन्टाइनमा बसेका पाँचजना घर गएका छन् । उनीहरू सबैको आरडिटी पोजेटिभ भएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए ।

पिसिआर परीक्षण नगरिएकाले होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको वडाध्यक्ष अधिकारीले बताए । पहिराेले नौ कोठे भवनमा क्षति पुराएको छ । त्यस्तै असार ६ गते पहिरोका कारण विस्थापित भएका रातापानीका विस्थापित तीन घरपरिवार बसेको जनशक्ति प्रावि  पनि पहिरोको उच्च जोखिममा परेको छ । 

अहिले ती घरपरिवार कहाँ राख्ने भन्नेमा समस्या भएको वडा सदस्य मीना घर्तीले बताइन् ।  पहिरोले दोहलीकै छोटडाँडामा बसन्ती घर्तीको घर गोठ बगाएको छ ।मानवीय क्षति नभए पनि घरगोठ भत्किएपछि पशुचौपाय पुरिएका छन् । मीना घर्तीसहित छोटडाँडा र न्वालाका गरेर पाँच घरपरिवार विस्थापित भएका छन् । रातापानीका धनबहादुर घर्तीको  पनि गोठसहित बाख्रा बगाएको छ ।