१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १९ शुक्रबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार

स्वास्थ्य चौकीको नाम राख्ने विषयमा विवादपछि भएको झडपमा दुई घाइते

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार ११:४०:००

धनुषामा स्वास्थ्य चौकीको नाम राख्ने विषयमा भएकाे विवादमा झडप हुँदा दुईजना घाइते भएका छन् । जिल्लाको विदेह नगरपालिका २ र ३ को बीचमा पर्ने दुबही गोबराहीस्थित निर्माण भइरहेको स्वास्थ्य चौकीको साइनबोर्डमा नाम लेख्ने विषयमा शुक्रबार बिहान विवाद भएको थियो ।

स्थानीयले स्वास्थ्य चौकीको नाम ‘दुबही गोबराही’ नभई ‘दुबही’ मात्र लेखिनुपर्ने अडान लिएपछि झडप भएको प्रहरीले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाईफायर गरेको छ । घाइतेहरूलाई  उपचारकाा लागि  प्रादेशिक  अस्पताल जनकपुरमा ल्याइएको छ  । घाइतेको परिचय भने नखुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।