मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १९ शुक्रबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ

‘खल्तीको दुई गुणा अफर’मा ५० जनाले दोब्बर नगद पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १९ शुक्रबार ०६:१०:००

डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोबाइल एप र खल्ती डटकम वेबपेजमार्फत ‘खल्तीको दुई गुणा अफर’ योजना ल्याएको छ । योजनाअनुसार कम्पनीले ५० जना विजेतालाई दुई गुणा रकम दिने अफर ल्याएको हो । 

असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अवसर पाउने कम्पनीले जनाएको छ । योजना अवधिमा १० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पठाउनेको नगद दोब्बर हुने जनाइएको छ ।

योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको व्यक्तिगत विवरण प्रमाणित गरिसक्नुपर्ने जनाइएको छ । प्रवद्र्धनात्मक योजनामा खल्तीका सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । ११ दिनको अवधिमा रकम पठाउनेमध्ये ५० जना विजेताको घोषणा असार २८ मा हुने जनाइएको छ । 

विजेतालाई ग्राहकहरूले पठाएको रकममा अधिकतम ५ सय रुपैयाँसम्म खल्तीले विजेताकै खातामा उपलब्ध गराउने र विजेता नबन्ने सबै सहभागीहरूको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिने जनाएको छ । 

यस योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जतिपटक पनि सहभागिता जनाउन पाउनेछन् । खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने जनाइएको छ ।