१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असार १९ शुक्रबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार १०:५४:००

सुत्नका लागि झुल लगाउने क्रममा करेन्ट लाग्दा मोरङको बेलबारी नगरपालिका– ९ घर भई विराटनगर महानगरपालिका– १९ मा बस्दै आएका २५ वर्षीय कान्छा चौधरीको  मृत्यु भएको छ । बिहीबार राति साढे १० बजे सुत्नलाई   झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

यसैगरी स्कुटी दुर्घटनामा घाइते भएका  विराटनगर महानगरपालिका– १६ का २३ वर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको छ । विराटनगर– १५ रानीमा  बिहीबार राति साढे ११ बजे   लु.४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका   बस्नेतको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा बिहीबार राति मृत्यु भएको हो ।  दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।