मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १९ शुक्रबार १०:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यका लागि लमजुङमा ४० करोड बजेट विनियोजन

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार १०:२७:००

नेपाल सरकारले आर्थिक वर्ष ०७७/७८ मा लमजुङमा स्वास्थ्य क्षेत्रका लागि ४० करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । संघीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आर्थिक वर्ष ०७७/७८ का लागि जिल्लाका आठ स्थानीय तहका लागि कुल ४० करोड ३९ लाख बजेट विनियोजन भएको हो ।

मन्त्रालयमार्फत लमजुङका स्थानीय तहलाई विनियोजित बजेट तालिकाअनुसार राइनास नगरपालिकालाई आठ करोड ६२ लाख रुपैयाँ रहेको छ भने दूधपोखरी गाउँपालिकाका लागि दुई करोड ८२ लाख रहेको छ ।

चार नगरपालिकामध्ये सुन्दरबजार नगरपालिकालाई सात करोड ३१ लाख, मध्यनेपाल नगरपालिकालाई पाँच करोड २८ लाख र बेंसीसहर नगरपालिकालाई चार करोड ७८ लाख बजेट विनियोजन भएको छ ।

चार गाउँपालिकामध्ये दोर्दीलाई चार करोड ५४ लाख, मर्स्याङ्दी गाउँपालिकालाई तीन करोड ८२ लाख र क्व्होलासोँथर गाउँपालिकालाई तीन करोड ५१ लाख बजेट विनियोजन भएको छ । स्वास्थ्य क्षेत्रका लागि जिल्लाका आठ स्थानीय तहलाई प्राप्त हुने ससर्त अनुदानतर्फ सबैभन्दा धेरै राइनास नगरपालिका र सबैभन्दा कम बजेट दूधपोखरी गाउँपालिकालाई विनियोजन भएको छ ।