मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असार १९ शुक्रबार १०:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिलाम्मे सडकमा धान राेपेर विराेध

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार १०:१७:००

बाराको विश्रामपुर गाउँपालिका– ५ इटियहीमा स्थानीयले सडकमा धान रोपाइँ गरेका छन् । लामो समयदेखि बाटाे बिग्रिएर हिँडडुल गर्नै समस्या हुँदा पनि सरोकारवालाले वास्ता गरेको भन्दै स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका हुन् । 

गाउँभरि आवतजावत गर्ने बाटो हिलाम्य भएका कारण सर्वसाधारणलाई हिँडडुलमा समेत सास्ती भइरहेको स्थानीय धर्मदेव यादवले गुनासाे गरे ।

सडकको दुरावस्थाबारे पटक–पटक विश्रामपुर गाउँपालिकालाई जानकारी गराउँदासमेत समाधानमा चासो नदिएपछि बाध्य भएर विरोध जनाउनुपरेको स्थानीयको भनाइ छ । 
 
सडक हिलाम्य हुँदासमेत सरोकारवाला मूकदर्शक भएर बसेपछि सडकमा धान रोप्नुपरेको अर्को स्थानीय कृष्ण यादवले बताए । यादवले भने, ‘घाम आउँदा धुलो उड्छ, पानी पर्दा हिलो हुन्छ, मानिसहरूलाई आउजाउ गर्न सास्ती भइरहेको  छ ।’