मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १९ शुक्रबार ०९:५३:००
Read Time : < 1 मिनेट
समाचार

अफ्रिका मिसनमा जाने नेपाली सेनालाई नेपाल वायुसेवाले पुर्‍याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १९ शुक्रबार ०९:५३:००

संयुक्त राष्ट्रसंघको अफ्रिकामा चलिरहेको शान्ति मिसनमा जाने नेपाली सेनालाई नेपाल वायुसेवा निगमका जहाजले लैजाने भएको छ । 

मध्यअफ्रिकी गणतन्त्रको मिनुस्का र मालीको मिनुस्मा मिसनमा कार्यरत नेपाली सेनालाई लैजाने तथा नेपाल ल्याउनका लागि जहाज चार्टर्ड भएको निगमले जनाएको छ । बुधबार चार्टर्ड उडान हुने भएको हो ।

काठमाडौंबाट दोहामा टेक्निकल ल्यान्डिङ गरी त्यहाँबाट अफ्रिकाको बानगुई एयरपोर्ट उडान गर्ने निगमले जानकारी दिएको छ । त्यस्तै, बानगुईबाट अफ्रिकाको माली पुग्ने र मालीबाट बिहीबार काठमाडौं आइपुग्ने तालिका रहेको निगमले जनाएको छ ।