मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १९ शुक्रबार ०९:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गुल्मीमा पहिरो : दुईकाे मृत्यु, एक बेपत्ता, चार गम्भीर घाइते [अपडेट]

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार ०९:२४:००

गुल्मीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका- १ हस्तिचौरका वसन्त सारुका १८ महिनाका छोरा सिजन र साेही ठाउँनिवासी रिखबहादुर खत्रीकी सात वर्षीया छोरी अपेक्षा छन् । अविरल वर्षासँगै आएकाे पहिराेमा परेर चारजना गम्भीर घाइते भएका छन् । एकजना अझै बेपत्ता छन् ।

बिहीबार राति एक्कासि घर माथिबाट आएकाे पहिरोले बंगालो (गोठ) बगाउँदा १८ महिने बालक पहिरोमा पुरिएको इस्मा गाउँपालिका– १ का वडा सदस्य जंगबहादुर खत्रीले जानकारी दिए । मृतक बालककी आमा सिर्जना सारू पनि अचेत छन् ।  बुबा वसन्त सामान्य घाइते भएका छन् । 

पहिरोले रिखबहादुर खत्रीको घर बगाएको छ । पहिरोमा परेर बेपत्ता भएकी सात वर्षीया छाेरी अपेक्षाकाे शव फेला परेको हस्तिचौर स्वास्थ्यचौकी इन्चार्ज समसुल हक मियाँले जानकारी दिए । जीवितै उद्धार गरिएकी उनकी श्रीमती ईश्वरा खत्रीको अवस्था गम्भीर छ । खत्रीकी हजुरआमा पुतला खत्री, बुबा टीका खत्री र आमा घाइते छन् ।

घटनास्थलमा हस्तिचाैर स्वास्थ्यचौकीका इन्चार्ज समसुलहक मियाँको टोली पुगेकाे छ । घाइतेहरूलाई हेलिकाेप्टरबाहेक अरू कुनै माध्यमबाट उद्धारको सम्भावना नरहेका मियाँले बताए।

त्यस्तै मुसिकोट नगरपालिका– २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । वडाध्यक्ष लक्ष्मण खत्रीका अनुसार पहिरोले गाउँगाउँबीचकै सम्पर्कविच्छेद भएको छ । वर्षाका कारण मूलसडकसमेत अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । 

पहिराेमा परेकाेहरूकाे उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।