Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १९ शुक्रबार ०५:३२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

थप चार निजी प्रयोगशालाले पाए पिसिआर परीक्षणको अनुमति

कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

Read Time : > 1 मिनेट
२०७७ असार १९ शुक्रबार ०५:३२:००

सरकारले पिसिआर परीक्षणको दायरा फराकिलो पार्न केही निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको छ । मुलुकभरका १९ वटा प्रयोगशालाले कोभिड–१९ परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निवेदन दिएका थिए । 

कोभिड परीक्षण गर्न पाउँ भन्दै ह्याम्स अस्पताल, सिडिएल (केन्द्रीय निदान प्रयोगशाला), डिकोड ल्याब, काठमाडौं मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेपाल मेडिसिटी अस्पताल, स्टार अस्पताल, सुरिया डाइग्नोस्टिक ल्याब, एनआरएल, जयबागेश्वरी नेपालगन्ज, नेसनल प्याथ ल्याब बुटवल र लाइफकेयर पोखरालगायतले स्वीकृति माग गरेका थिए । तीमध्ये स्टार अस्पताल, काठमाडांै मेडिकल कलेज, सिडिएल र कोरिया मैत्री अस्पतालले पिसिआर परीक्षणको अनुमति पाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नमुना निजी प्रयोगशालालाई दिन नमुना सिफारिस समिति गठन गरेको छ । समितिको नाम ‘प्रयोगशाला विज्ञ समूह’ राखिएको छ । विज्ञ समूहमा आबद्ध व्यक्तिहरूले सिफारिस गरेको प्रयोगशालामा पिसिआर परीक्षणका लागि नमुना जाने गर्छ । तर, सिफारिस समितिमा रहेका व्यक्तिहरू नै प्रयोगशाला सञ्चालक रहेको पाइएको छ । समूहमा सरकारी प्रयोगशालाका एकजना पनि प्रतिनिधि छैनन् । 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार नमुना सिफारिस समितिको संयोजक नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्प खनाल, सदस्यमा बलराम गौतम, महेन्द्र भट्ट, खेम सापकोटा, गोविन्द अखेला र कमल रानाभाट छन् । गौतम डिकोड ल्याब, भट्ट लाइफकेयर पोखरा, गोविन्द अखेला स्टार अस्पताल, वीर अस्पतालका डा.विष्णु उपाध्याय सिडिएलसँग आबद्ध छन् । समितिमा आबद्ध व्यक्तिमध्ये अखेलाले मात्रै अनुमति प्राप्त गर्न सफल भएका छन् । 

स्वास्थ्य मन्त्रालयले संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सहयोग गर्न समिति गठन गरेको हो । तर, प्रयोगशालाकी प्रमुख डा.रुणा झाले समितिको पारदर्शितामा प्रश्न उठाएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालसँग सहकार्य गरेर काम गर्न निर्देशन दिएका थिए । स्वास्थ्य सचिवबाट नीति निर्माण गर्नेसम्मको अधिकार समितिले पाएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छुट्ट्रै नीति निर्माण गर्ने विज्ञ समिति बनाएको छ । 

कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु भएकामध्ये एक ४९ दिनका शिशुसमेत रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेका शिशुको बिहीबार मृत्यु भएको जानकारी दिए । म्याग्दी धौलागिरी नगरपालिकाका उनलाई मिर्गौला एवं नाकको समस्या थियो । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा चार सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको छ । तीमध्ये पाँच हजार तीन सय २० जना निको भएका छन् । देशभर ३८ हजार एक सय नौजना क्वारेन्टाइनमा छन् ।