Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १८ बिहीबार २१:४२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णालीको ‘बाँझो जमिन खनजोत कार्यक्रम’ले स्थानीयलाई रोजगार बनाउँदै

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार २१:४२:००

हिमा गाउँपालिका– २ ओदीका बासिन्दाले बाँझो जमिन खनजोत गर्न थालेका छन् । कर्णाली प्रदेश सरकारले जमिन बाँझो राख्न नपाइने कार्यक्रममा ल्याएपछि उनीहरू बाँझो जमिन खनजोत गर्न थालेका हुन् । 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण बिदेसिएकाहरू पनि अहिले गृहजिल्लामा फर्केका छन् । विदेशबाट फर्केकालाई रोजगारी दिन सरकारी तथा गैरसरकारी निकायले बाँझो जमिन खनजोत गर्ने, गरा सुधारजस्ता कार्यक्रम ल्याएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । बाँझो जग्गाको सदुपयोग हुने, भिरालो जग्गा गरामा परिणत हुने, कृषि पेसाको बढावा हुने, आम्दानीमा वृद्धि हुने भएकाले सरकारी तथा गैरसरकारी निकायले यस्ता कार्यक्रम तर्जुमा गरेको उनले बताए । 

कार्यक्रमले रैथाने बाली संरक्षण, स्वदेश फर्किएकालाई रोजगार, सामूहिक खेती प्रणालीको विकास गर्ने विश्वास लिएको अध्यक्ष शाहीको भनाइ छ । हिमा गाउँपालिका कृषि विकास शाखामार्फत चार लाख र कारितास जर्मनीको आर्थिक सहयोग तथा कारितास नेपाल र पेस नेपाल जुम्लाद्वारा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपत् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन परियोजनाको एक लाख गरी पाँच लाख बजेटमा बाँझो जमिन खनजोत गर्न थालिएको हो ।  
बाँझो जमीन खनजोत तथा गहरा सुधारमा ४८ जना स्थानीय सहभागी रहेको पेस नेपाल जुम्लाका कार्यक्रम संयोजक हेमराज भट्टले बताए ।  उनले भने ‘चारवटा समूहमा विभाजन गरी सामाजिक दूरी कायम राख्दै काम गर्दै आएका छन् ।’