१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १८ बिहीबार २०:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नौ दिनपछि खुल्यो मैलुङ–स्याफ्रुबेंसी सडक

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार २०:२९:००

पहिरोका कारण नाै दिनदेखि अवरुद्ध रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड सञ्चालनमा आएको छ । सडकको पहिरो पन्छाएपछि बिहीबार दिउँसोबाट यातायातका साधन चल्ल थालेका हुन् । 

दर्जनभन्दा बढी स्थानमा झरेकोे पहिरो हटाउनुका साथै सोले खोला र त्रिशूली नदिमा ह्युम पाइप बिच्छ्याएपछि सडक संचालनमा आएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘वर्षायाम भएकाले पानी पर्ना साथै साना ठूला पहिरो जाने हुन्छ र जुनसुकै वेला सडक अवरुद्ध हुन सक्छ,’ उनले भने ‘सडक नियमित सञ्चालन गर्नेगरी आवश्यक उपकरण र कामदार तयारी अवस्थामा राखेका छाैँ,’ गत मंगलबार अविरल वर्षासँगै आएको बाढी र पहिरोले ह्युममपाइपसहित सडक बगाउँदा मैलुङ स्याफ्रुबेंसी सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन गर्न आयोजनाले एक–एकवटा जेसिभी र लोडर, दुईवटा एक्जाभेटर, दुईवटा टिपर र कामदारहरू परिचालन गरेको थियो । 

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो ।